भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

गोरखापत्र संस्थानका अध्यक्षलगायत पाँच जनालाई भ्रष्टाचारमा कारबाही गर्न राष्ट्रिय सतर्कता केन्द्रकाे निर्देशन

​​​​​​​काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुबेदीलाई भ्रष्टाचारको मुद्दा चलाउन सिफारिस गरेको छ ।

तोक आदेशको आधारमा करारमा पत्रकारसहित १२ जनालाई नियुक्त गरेको भन्दै भ्रष्टाचारको मुद्दा चलाउन मन्त्रालयलाई निर्देशनसमेत दिएको हो ।

विधि र प्रक्रिया विपरीत तोक आदेशको भरमा नियुक्ति दिइएको भन्दै सतर्कता केन्द्रले कार्यकारी अध्यक्ष सुवेदीसहित पाँच जनालाई कारबाही गर्न समेत निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ । 

सुवेदी कार्यकारी निर्देशक बनेर आएपछि गोरखापत्र संस्थानमा दुई जना उपसम्पादक, ७ जना समाचारदाता, एक जना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त गर्नुभएको थियो। यसरी नियुक्त गर्दा विधि र प्रक्रिया मिचेको केन्द्रको निष्कर्ष छ । 

‘गोरखापत्र संस्थान कर्मचारी सेवा सर्त विनियमावली २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा पदपूर्ति समितिको गठन एवं सिफारिस विना नै उक्त विनयमावलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको पाइयो,’ सतर्कता केन्द्रले भनेको छ । केन्द्रका अनुसार सो कार्य छानबिनको क्रममा गोरखापत्र संस्थानले उपलब्ध गराएको जवाफ तथा कागजातबाट समेत पुष्टि हुन पुगेको थियो । 

सो नियुक्तिहरू खारेज गरी गोरखापत्र संस्थानको कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल र कार्यकारी निर्देशक विष्णुप्रसाद सुवेदीलाई कारबाही गर्न सतर्कता केन्द्रले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको हो ।

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ८ : ४८ बजे