यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई

काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणपछि यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई मन्त्रालयले हटाइएको बताइएको छ ।

पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका हुन् ।

विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीमा पोखरेल भए पनि उनी २ महिना विदामा रहेका थिए ।

विसं २०७९ पुस १० गते विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका थिए ।

पोखरेल विदामा रहेको बेला राजश्व अनुसन्धान विभागले यही साउन २ गते विमानस्थलबाट पार भइसकेको करिब एक क्विन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ३ : ५६ बजे