भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

मोटरसाइकल दुर्घटनामा एक सरकारी कर्मचारीको मृत्यु

पाँचथर । पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परि एक सरकारी कर्मचारीको मृत्यु भएको छ । 

फिदिम – २ साम्दिनबाट फिदिम बजारतर्फ आउँदै गरेको प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल मङ्गलवार बिहान दुर्घटना हुँदा विर्तामोड नगरपालिका– ८ निवासी २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक अधिकारी प्रदेश लेखा इकाई कार्यालय फिदिममा कार्यरत कर्मचारी हुन् । 

मङ्गलवार बिहान करिब १ः३० मा अधिकारी आफैले चलाएको मोटरसाइकल फिदिम – २ ओदिन नजिकै अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मिलन थापाले जानकारी दिनुभयो ।  

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १० : ५४ बजे