भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेल खाजा घरमा मृत फेला

बागलुङ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेल एक खाजा घरमा मृत अवस्थामा भेटिनु भएको छ । 

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले बडिगाड गाउँपालिका वडा नं. ६ को आशा होटल एण्ड खाजा घरमा पौडेल मृत भेटिएको पुष्टि गर्नुभएको छ । गएराति करिब १ बजेको समयमा घटना भएको र राति २ बजे प्रहरी घटनास्थलमा आइपुगेको घटनास्थलबाट इन्स्पेक्टर अधिकारीले जानकारी दिनुभएको छ । 

अहिले घटनास्थल प्रहरीले सिल गरेको छ भने होटल सञ्चालक आशा कुँवर र उनको छोरालाई नियन्त्रणमा लिएको र जिल्ला प्रहरी कार्यालय बागलुङको टोली पुगेपछि अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय भिमगिठेदेखि करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय बागलुङ देखि करिब ८० किलोमिटरको दुरीमा पर्दछ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : ०३ बजे