यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलनमा, आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

काठमाडौँ । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासङ्घले आज ज्ञापन पत्र बुझाउँदै छ ।  

आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महासङ्घले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै छ । साथै, सरोकारवाला मन्त्रालयहरूलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने जनाइएको छ ।  

महासङ्घका अनुसार भोली ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासङ्घका महासचिव रोशन दाहालले जानकारी दिनुभयो ।

झन्डै दुई सातादेखि आन्दोलन गरिरहेको महासङ्घले आफ्ना मागहरू पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : २२ बजे