विदेश जाँदा अब २५ सय डलर सटही सुविधा पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सीमालाई बढाएको छ ।

चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था गरेको हो ।

हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५०० सम्म सटही सुविधा उपलव्ध हुने व्यवस्था थियो ।

राष्ट्र बैंकले उक्त सीमा बढाएर २५ सय अमेरिकी डलर पुर्‍याएको हो । विद‍ेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : ३७ बजे