काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ।
आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।
गत शुक्रवार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो। शुक्रवार दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रवार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार ११ : २८ बजे
प्रतिक्रिया