झ्याप्लेखोलाबाट २५ शव निकालियो

जबजको मान्यताअनुसार चल्न हामी प्रतिबद्ध हुनुपर्छ : नेता राई

सुनसरी  । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सुनसरी इन्चार्ज  शेरधन राईले मदन भण्डारी र उहाँद्वारा प्रतिपादित जबजको मान्यतालाई हुबहु व्यवहारमा उतार्न सके मात्र एमाले पार्टी सफल हुने बताउनुभएको छ ।   

मदन भण्डारी फाउन्डेसन सुनसरीको सम्मेलनलाई शनिबार सम्बोधनलाई सम्बोधन गर्नुहुँदै पोलिटब्युरो सदस्य राईले जबजको मान्यताअनुसार चल्न हामी प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । 

अब पहिले जसरी चलेर हुन्न भन्नुहुँदै उहाँले सुनसरीको इन्चार्ज भएका नाताले आफू पार्टी सुदृढीकरणमा लागिपर्ने बताउनुभयो । 

सम्मेलनमा फाउन्डेसनका प्रदेश अध्यक्ष पार्टी केन्द्रीय सल्लाहकार गोपाल गुरागाईँ, केन्द्रीय सदस्य द्वय जगदीश कुसियत, मन्जू सुवेदी, प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, कोसी प्रदेशसभा सदस्य त्रय  विजय राई र रोहित कार्की र रामदेव यादव तथा धनकुटा जिल्ला समन्वय समितिका सभापति निर्मल तामाङ र फाउन्डेसन कोसी सचिव सोमराज थापा, फाउन्डेसन कोसी सदस्य मिथिला पोखरेललगायतले मदन भण्डारीका मौलिक विचारका बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।

सम्मेलनको बन्द सत्रले प्रसिद्ध कवि प्रह्लाद भट्टराई, अशोक चौधरी राजेन्द्र कट्टेल, सृजना नेपाल, सरस्वती डाँगी क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष सहितको ३२ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । 

सम्मेलनमा सुनसरीका १२ वटा पालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।     

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ५९ बजे