भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

कोसी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस हुने

काठमाडौँ । कोसी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस सुरु हुने भएको छ । 

कोसी सरकार गठन अस‌ंवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो ।  

सो प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले कोसी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गर्नुभएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गर्नुभएको थियो । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गरेपछि आजदेखि कोसी सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो ।

सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली काँग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरेपछि एमालेले त्यसबिरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । 

निष्पक्ष रहनुपर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ । जसमा आजबाट दुवै पक्षले आ आफ्नो तर्फबाट बहस गर्नेछन् । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ६ : ४३ बजे