झ्याप्लेखोलाबाट २५ शव निकालियो

चौतारीका अध्यक्ष बस्नेतविरुद्ध परेको साइबर क्राइमको उजुरी फिर्ता

काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको फेसबुक स्टाटसलाई लिएर बस्ने विरूद्ध साइबर ब्युरोमा परेको उजुरी गृहमन्त्रीले फिर्ता लिनु भएको छ।

शनिबार बिहान मन्त्री क्वाटर पुल्चोकमा उपप्रधान तथा गृहमन्त्रीमन्त्री नारायणकाजी श्रेष्ठ र अध्यक्ष बस्नेत लगायतका नेताहरूको छलफल भएको थियो। छलफल लगत्तै गृहमन्त्रीमन्त्री श्रेष्ठले उक्त उजुरी फिर्ता लिनु भएको थियो।

उजुरी फिर्तासँगै अध्यक्ष बस्नेतले फेसबुक स्टाटस लेखेर गृहमन्त्रीसँग भएका अन्तरंग कुराको केही किस्सा राख्दै आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी गराउनु भएको छ ।

गणेश बस्नेतले सामाजिक सञ्जालमा लेख्नु भएको जस्ताको त्यस्तै

माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज छलफल भयो । उहाँले पुरानै मित्रवत शैलीमा गणेशजीले नै मेरो बारे यस्तो लेख्ने ? भनेर हास्नु भयो । मैले तपाईंलाई नै किटान गरेर कहाँ लेखेको छु भनें । छलफलबाट निचोड निकालियो-अहिलेसम्मको असहमतीको अन्त्य गर्ने । नेपाल प्रहरीको साइबर ब्यूरोमा सचिवालयबाट मेरो विरुद हालेको उजुरी फिर्ता भएको छ। धन्यवाद माननीय गृहमन्त्री नारायणकाजी कमरेड। केही बुझाइमा फरक परेछ हामीबीच तर नियत गलत थिएन। विमानस्थलमा बरामद सुन प्रकरणमा मैले प्रश्न गरेको थिए, त्यो प्रश्नले मेरो नियतमाथि नै प्रश्न उठाउने काम भयो गणेशजी भन्नुभयो, मेरो समाचार स्रोत गलत परेछ त्यो कारणले तपाईको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु भने । उहाँले अंगालो हाल्नु भयो । समस्याको समाधान भयो । प्रेस चौतारी नेपालको आन्दोलनका सवै कार्यक्रम स्थिगत भएको छ । साथै आफू भ्रष्टाचारविरुद कुनै समझौता नगर्ने उहाँको अडानमा समर्थन गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा एक्यवद्दता जनाइयो । यो अभियानमा साथ दिने प्रेस चौतारी नेपालका प्रिय मित्रहरू, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस सेण्टरका अध्यक्षलगायत सवै मित्रहरूप्रति आभारी छु।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ३ : ४० बजे