भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

गृहमन्त्री श्रेष्ठविरुद्ध पत्रकारहरू आन्दोलनमा उत्रँदै, बस्नेत साइबर ब्युरो नजाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध पत्रकारहरू आन्दोलनमा उत्रन लागेका छन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई ‘साइबर प्राइम’को मुद्दामा फसाउन लागेको भन्दै पत्रकारहरू आन्दोलनमा उत्रन लागेका हुन । 

पत्रकार बस्नेतमाथि गृहमन्त्री श्रेष्ठका सचिवालय सदस्य कमल गिरीले प्रहरीमा उजुरी गरेपछि अहिले चौतर्फी विरोध भइरहेको छ । 

नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, समाजवादी प्रेस सङ्गठन प्रेस चौतारी नेपालसहित देशैभरका जिल्ला शाखाहरूले प्रेस विज्ञप्ति निकालेर बस्नेतमाथि मुद्दा चलाउने गृह मन्त्री श्रेष्ठको सचिवालयका प्रयास ‘प्रेस स्वतन्त्रता विरोधी’ हर्कत भन्दै विरोध जनाएका छन् । 

गृह मन्त्रालयको सचिवालयले हालेको उजुरीपछि साइबर ब्युरोबाट फोन आएपछि त्यसलाई अस्वीकार गर्ने प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले बताउनुभयो । ‘हाम्रो सङ्गठन प्रेस चौतारी नेपालका आदरणीय अध्यक्ष गणेश बस्नेतलाई केही बेर अघि साइबर ब्युरोबाट फोन आएको छ । उहाँलाई साइबर ब्युरोमा उपस्थित हुन भनिएको छ तर गणेश बस्नेत कुनै ब्युरोमा जानुहुन्न र भागेर पनि कहीँ जानुहुन्न, पाण्डेले भन्नुभएको छ, ‘उहाँसहित हामी ७७ जिल्लाका ७ हजार प्रेस चौतारीका सदस्य गिरफ्तारी दिन तयार छौँ । सरकारले हामीलाई गिरफ्तार गरोस् । हामी हाँसाहाँसी जेल जान तयार छौँ ।’  

उहाँले अगाडी भन्नुभएको छ , ‘याद रहोस्, आफ्नै सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध सडकमा जाने प्रेस चौतारी र यसको नेतृत्व गणेश बस्नेत हो ।’   

 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ८ : ५६ बजे