भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज बिजुली अवरुद्ध हुने 

​​​​​​​​​​​​​​​​​​​​​काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज बिजुली अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् आज बन्द हुने भएको हो । 

लप्सी फेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकु सबस्टेसन स्तरोन्नति गर्ने भएकाले विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । 

“टेकु स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सब स्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुई वटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ,” प्राधिकरणले भनेको छ, “टेकु सब स्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न क्षेत्रमा उल्लेखित फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ ।” 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ८ : २२ बजे