काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रवार नेपाली ठुलो गोलभेँडा, भटमास कोसा र हरियो तरबुजा ८५ रुपैयाँ, लोकल गोलभेँडा, घिरौँला, तितो करेला र तने बोडी ४५ रुपैयाँ, टनेल गोलभेँडा, डल्लो भन्टा, हाइब्रिड घिउ सिमी र लोकल नास्पाती ६५ रुपैयाँ, रातो आलु ४९ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ४१ रुपैयाँ २० पैसा रहेको छ ।
उता, सुकेको भारतीय प्याज ५१ रुपैयाँ २० पैसा, लोकल गाजर १२८ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ २२ पैसा, स्थानीय काउली ९ज्यापु० ९५ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा र टाटे सिमी १६५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, लौका प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, लोकल परवर, झिगूनी, भिण्डी र स्कूस प्रतिकेजी ५५ रुपैयाँ, चिचिन्डो ३५ रुपैयाँ, रायोको साग र जिरीको साग ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १९२ रुपैयाँ, डल्ले च्याउ ३६२ रुपैयाँ ५० पैसा, कुरिलो २७५ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, चुकन्दर ९६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदिना १३५ रुपैयाँ, तामा १०५ रुपैयाँ रहेको छ ।
यसैगरी, तोफु ११६ रुपैयाँ ६७ पैसा, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप १६० रुपैयाँ, फूजी स्याउ ३५६ रुपैयाँ ६७ पैसा, कागती १२० रुपैयाँ, अनार ३९३ रुपैयाँ ३३ पैसा, दसहरी आँप १५५ रुपैयाँ, कलकत्ते आँप ७५ रुपैयाँ, भुईँ कटहर प्रतिगोटा १६५ रुपैयाँ, लोकल काक्रो ५६ रुपैयाँ किवी ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २७० रुपैयाँ, अकबरे खुर्सानी ३५० रुपैयाँ र भेडे खुर्सानी ७६ रुपैयाँ पर्नेछ ।
प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार ९ : ०१ बजे
प्रतिक्रिया