झ्याप्लेखोलाबाट २५ शव निकालियो

सङ्गठन सुदृढीकरणमा केन्द्रित रहन मधेसको नेतृत्व तहमा रहेका नेतालाई उपमहासचिव ज्ञवालीको निर्देशन 

बारा  । नेकपा एमालेको मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला बिहीबारदेखि बारामा सुरु भएको छ । 

जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गर्नुभएको छ ।  ।

कार्यशालाको उद्घाटन गर्नुहुँदै एमालेको पार्टी स्कुल विभाग प्रमुख समेत रहनुभएका उपमहासचिव ज्ञवालीले मधेसका नेतृत्व तहमा रहेका नेतालाई आगामी एक वर्ष सङ्गठन सुदृढीकरणका लागि केन्द्रित रहन निर्देशन दिनुभयो । 

उहाँले मधेसको प्रदेशसभामा निर्वाचित सांसद एमाले धेरै भए पनि बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्ने बताउनुभयो । सङ्ख्यात्मक हिसाबले मधेसमा अहिले पनि एमाले ठुलो पार्टी हो तर यतिले पुग्दैन,’ उहाँले भन्नुभयो,  ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष सङ्गठन सुदृढीकरणमा ध्यान दिनुपर्ने हुन्छ ।’ 

महासचिव ज्ञवालीले  मधेस प्रदेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्नका निम्ति योजना र कार्यदिशा बनाएर अघि बढ्न नेतृत्व तहलाई सुझाव दिनुभयो ।उहाँले कार्यशालामा एमालेले बनाउन खोजेको मधेस र त्यसका लागि नेतृत्व तहको भूमिकाको छलफल गरिने बताउनुभयो । 

भारतको नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने, सुनकोसीको पानी मरिन हुँदै बागमतीमा ल्याएर मधेसमा सिँचाइ सुविधा सहज बनाउने एमाले र भारतविरुद्ध बोल्न नसक्ने अन्य पार्टी बीचको भिन्नता देखाउन पनि नेतृत्व तहले गम्भीरताका साथ अघि बढ्नुपर्ने उहाँको भनाई छ । 

कार्यशाला उद्घाटन कार्यक्रममा एमाले सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटब्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, पोलिटब्युरो सदस्य एवम् सांसद अच्युत मैनाली, पोलिटब्युरो सदस्य एवम् सांसद ज्वालाकुमारी साहलगायत मधेस प्रदेशबाट एमालेको केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व तहमा रहेका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ६ : ५७ बजे