झ्याप्लेखोलाबाट २५ शव निकालियो

सुन तस्करीमा सत्तारुढ दलका नेताको नाम जोडिनु थप गम्भीर : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरू नै सुन तस्करीमा जोडिएर नाम सार्वजनिक हुँदासमेत कारबाही नगरिनु गम्भीर विषय भएको बताउनुभएको छ। 

महासचिव पोखरेलले त्रिभुवन विमानस्थलबाट १ सय केजी सुन तस्करी गर्दा गर्दै पक्राउ परेको घटनालाई लिएर उक्त प्रश्न प्रतिनिधिसभा बैठकमा उठ्नुपर्ने समेत बताउनुभएको छ । 

‘दिनहुँ सुन तस्करीका समाचारहरू आइरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भइरहेको छ । केही दिनअघि इलेक्ट्रिक सिगरेटमा लुकाई ल्याएको सुनलाई मिलेमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो,’ महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हिजो त एयरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एक क्विन्टल सुन बाहिरिएको सुरक्षा निकायले समातेको समाचार छ ।’ 

उहाँले अगाडी लेख्नुभएको छ, ‘एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरूको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ, राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधि मुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रूपमा जानु आवश्यक छ ।’

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ९ : ५३ बजे