झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, ८ गते स्वदेश फर्कने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ। 

कम्बोडिया सरकारको निमन्त्रणामा कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि अध्यक्ष ओली मङ्गलवार साँझ त्यसतर्फ लाग्नुभएको हो । 

अध्यक्ष ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारीलगायत सहभागी हुनुहुन्छ ।

अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

सोही निर्वाचन पर्यवेक्षणका लागि विदेश विभाग प्रमुख राजन भट्टराई भने आज त्यसतर्फ जानुहुने जनाइएको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : ०४ बजे