प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन गर्ने

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्नुहुने भएको छ ।

लामो समयको प्रतीक्षापछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उद्घाटन गर्न लागेको हो ।

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गरिने छ । 

बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहनेछ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : ३९ बजे