झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिका लागि एजेन्डा तय गर्ने

काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारी बैठक आज बस्ने भएको छ  ।  

केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेन्डाका बारेमा छलफल गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको हो । 

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रीय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाउनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । बैठक दिउसो २ः०० बजे बस्नेछ । 

सभापति देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भोलि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ । 

गत २७ असारमा बस्ने भनिएको काँग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सिता दाहालको निधनपछि स्थगित भएको सो बैठक साउन २ गते  अर्थात् भोलि बस्दैँछ । 

आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : ०१ बजे