भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची बनाएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको बढेको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसाले घटेको छ ।

यस्तै, डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ ।

नेपाल आयल निगम सञ्चालक समिति बैठक बैठक बसेर भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १२ : २४ बजे