झ्याप्लेखोलाबाट २५ शव निकालियो

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित, एमालेले गर्‍यो बहिस्कार

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । 

शनिवार राति १०ः०० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो ।

प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०र८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन, २०८० बहुमतले पारित गरेको हो । 

सत्तारुढ दलका सदस्यहरूले बजेट पारित गर्नका लागि सहमति जनाएका थिए । 

बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार साहीले बजेटसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । 

यस बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)अनुपस्थित रहेको थियो भने प्रतिपक्ष बेन्चमा राप्रपाका सदस्य मात्र उपस्थित हुनुहुन्थ्यो । 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ७ : ४१ बजे