झ्याप्लेखोलाबाट २५ शव निकालियो

मनसुनी वायुको प्रभाव, देशभर पानी पर्ने

काठमाडौँ  । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।  साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  मधेस प्रदेशलगायत कोसी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ। 

राती भने मधेस र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै मधेस प्रदेश लगायत कोसी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।

तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० असार ३१ गते (आइतबार)
दिउँसो: 
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षा को समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोसी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ। 
राती:  मधेस र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०८० साउन ०१ गते (सोमबार)
दिउँसो: 
देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षा को समेत सम्भावना रहेको छ।राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

२०८० श्रावण ०२ गते (मङ्गलवार)
दिउँसो: 
देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, बागमती र कोसी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षा को समेत सम्भावना रहेको छ।
​​​​​​​राती: देशभर सामान्य बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ६ : ४८ बजे