झ्याप्लेखोलाबाट २५ शव निकालियो

भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने प्रधानमन्त्रीलाई समातियोस्: अमरेशकुमार सिंह

काठमाडौं।  स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ललिता निवास प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीहरूलाई कारबाही गर्न माग गर्नु भएको छ। सांसद सिंहले नक्कली शरणार्थी प्रकरणमा निर्णय गर्नेलाई नसमातिएको भन्दै सरकारमाथि प्रश्न उठाउनु भएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सन्देश शर्माको अडियो सोही व्यक्तिको रहेको भनेर प्रहरीले प्रमाणित गरेपनि त्यसमा किन कारबाही गरिएन भन्दै प्रश्न गर्नु भयो।

उहाँले शारदा प्रसाद त्रिताल आयोगको प्रतिवेदन रहेको बताउँदै सो प्रतिवेदन किन सार्वजनिक गरिएन भन्दै प्रश्न गर्नु भयो । उहाँले भन्नुभयो, ‘किन सार्वजनिक गरिएन भने त्यसमा नेताहरुको नाम छ, त्यसकार त्रिताल आयोगको प्रतिवेदन सार्वजनिक गरिएन । त्यसको बाबजुतपनि अर्को छानबिन समिति गठन भएको थियो पूर्व न्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा । त्यसले पनि भूमिसुधार मन्त्रालयमा ३३ वटा प्रतिवेदन दिएको छ। सबै ठाउँमा नेताहरुको संलग्नतामा सरकारी जग्गा र गुठीको जग्गा मिचिएको छ र त्यो रिर्पोटलाई पनि कार्पेटमुनी लुकाइएको छ। साँच्चै सरकार भ्रष्टाचारविरुद्ध संवेदनशील छ भने जति अध्ययन खोज भएको छ, ति रिर्पोटहरु सार्वजनिक गरोस्। कि सभामुखज्यूबाट रुलिङ होस, म नै यो सदनको सबै सांसदहरुलाई त्यो रिपोट दिन्छु, त्यो दुबै रिपोट मसँग छ।’

 नेपालमा सानालाई ऐन र ठूलालाई चैनको अवस्था रहेको बताउँदै निर्णय प्रक्रियामा सहभागी हुनेलाई कारबाही गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ४ : ३३ बजे