झ्याप्लेखोलाबाट २५ शव निकालियो

आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्म जयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिनुभएका नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात हुनुहुन्छ । मोतीराम भट्टले उहाँलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको थियो । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेख्नुभएको छ । उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकका रुपमा प्रकाशित गर्नुभएपछि उहाँ नेपाली साहित्यमा चिनिनुभएको थियो ।

गण्डकी प्रदेशले भानु जयन्तीका अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ । भानु जयन्तीको अवसरमा आज गण्डकी प्रदेशमा प्रभातफेरि, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । 

भानुभक्तको विसं १९२५ असोज ६ गते निधन भएको थियो । 

 भानुभक्तको जन्म जयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ ।

 

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : १६ बजे