झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ ।

यही असार ३० गते अर्थात् भोलिका लागि बोलाइएको सचिवालय बैठकको एजेन्डा तय गर्नका लागि आज दिउँसो ३ः०० बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्यालयको बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा.अधिकारीले जानकारी दिनुभयो ।

यसअघि, अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा बुधवार र बिहीबार गरी दुई दिन पार्टी उपाध्यक्षसँग छलफल गर्नुभएको थियो । 

आजको केन्द्रीय कार्यालयको बैठकले भने सचिवालय बैठकको एजेन्डा तय गर्ने सचिव डा.अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ५८ बजे