झ्याप्लेखोलाबाट २५ शव निकालियो

पार्टीको आन्तरिक जीवनबारे अध्यक्ष ओलीको उपाध्यक्षसँग छलफल

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग बिहीबार छलफल गर्नुभएको छ । 

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गर्नुभएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलमा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । 

छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष द्वय  अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभाषचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी हुनुहुन्थ्यो ।

एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ । 

यही असार ३० गते डाकिएको सचिवालय बैठकको एजेन्डा तय गर्नका लागि बैठक आज दिउँसो ३ः०० बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा.अधिकारीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ४७ बजे