झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले अध्यक्ष ओलीले आज पनि पार्टी उपाध्यक्षहरूसँग छलफल गर्नुहुने

काठमाडौँ।  नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरूसँग आज पनि छलफल गर्नुहुने भएको छ । 

अध्यक्ष ओलीले पार्टी सङ्गठन सुदृढीकरण र परिचालनका लागि उपाध्यक्षहरूसँग आज पनि छलफल गर्न लाग्नुभएको हो । 

एमाले केन्द्रीय पार्टी कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार दिउँसो २ः०० बजे अध्यक्ष ओलीले उपाध्यक्षहरूसँग छलफल गर्नुहुनेछ ।

अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र विष्णु पौडेलसँग छलफल थाल्नुभएको छ ।

अध्यक्ष ओलीले बुधवार पनि उपाध्यक्षहरूसँग छलफल गर्नुभएको थियो ।  

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ११ : २७ बजे