काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधवार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। बुधवार प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधवार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।
प्रकाशित मिति : २८ असार २०८०, बिहिबार ११ : २० बजे
प्रतिक्रिया