झ्याप्लेखोलाबाट २५ शव निकालियो

सीता दाहालको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर राष्ट्रपति पौडेलले दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो  । 

दाहालको निधन खबरले आफूलाई दुःख लागेको बताउँदै राष्ट्रपति पौडेलले पत्नी शोकमा पर्नुभएका प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गर्नुभएको छ ।

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ । आज दिउँसो उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 

हृदयाघात भएपछि बुधवार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा.युवराज शर्माले जानकारी दिनुभयो ।  

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो । 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १२ : ०७ बजे