झ्याप्लेखोलाबाट २५ शव निकालियो

सीता दाहालको पार्थिव शरीर पेरिस डाँडामा राखिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ।  

प्रधानमन्त्री पत्नी सीता दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा  निधन भएको हो ।

नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाका स्वास्थ्य अवस्था गम्भीर बनेपछि सीता दाहाललाई आज बिहान अस्पताल ल्याइएको  र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन गएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लको अनुसार पत्नी दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिस डाँडामा राखिने भएको छ ।

बिहान ११ बजेदेखि १ बजेसम्म पेरिस डाँडामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर २ बजे अन्तिम दाह संस्कारका पशुपतिनाथ लगिनेछ । 

उहाँ नेकपा माओवादी केन्द्रकी सल्लाहकार समेत हुनुहुन्थ्यो। 

सीताको निधनसँग प्रधानमन्त्री प्रचण्डले परिवारका तीन सदस्य गुमाउनुभएको छ  । यसअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानु र एक मात्र छोरा प्रकाशलाई गुमाउनुभएको थियो । 

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ४१ बजे