झ्याप्लेखोलाबाट २५ शव निकालियो

प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ।  

आज बिहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बास्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य अवस्था गम्भीर बनेपछि सीता दाहाललाई बिहान अस्पताल ल्याइएको  र उपचारको क्रममा उहाँको ८ बजेर ३३ मिनेटमा निधन हुन पुगेको हो ।

अस्पतालमा अहिले प्रधानमन्त्री दाहाललगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन्।

​​​​​​​

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : २४ बजे