झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै, नीति महाधिवेशनको मिति मुख्य एजेन्डा

काठमाडौँ  । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । 

यसअघि तय भएअनुसार केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेबाट बैठक सुरु हुनेछ । 

अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकमा यसबिचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने जनाइएको छ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

यसैगरी, महाधिवेशनले सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।

साथै, सङ्गठनको कार्य योजना, कार्य तालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : ३० बजे