झ्याप्लेखोलाबाट २५ शव निकालियो

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

काठमाडौँ । राष्ट्रियसभा बैठक बस्दै छ ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ । 

सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८०  पारित हुदैँछ । 

जसअनुसार आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्य तालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गर्नुभएको कार्य तालिकामा उल्लेख छ । 

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ६ : ५९ बजे