सेयर बजार ४.७३ अंकले घट्याे

काठमाडौ । सेयर बजारमा मंगलबार सामान्य रुपमा ओरालाे लागेकाे छ । यस दिन नेप्से सूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा आएर अडिएको छ । २ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सूचक दबाबमा रहँदा कारोबार रकम पनि खुम्चिएको हो । यस दिन ३ कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । विकास बैंक र फाइनान्स समूहमा चमक देखिएको छ । 

 

यसदिन २८३ कम्पनीको ७९ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ७८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटल परेका छन् । 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ४ : २७ बजे