काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ढाडस दिनुभएको छ ।
आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिनुभएको हो ।
अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले आइतबार साँझ ट्विट गरेपछि साम्पाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाउनुभएको हो ।
काठमाडौँका मेयर शाहले आइतबार अदालतको तारिख पर्चा साँझ लेख्नुभएको थियो,
आज एउटा विशेष दिन,
आजबाट म तारिखमा छु,
भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै ,
प्रधानमन्त्रीज्यूले छूट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा ।
म आजबाट अपराधी ।’
त्यसको जवाफमा धरानका मेयर साम्पाङले ट्विटरमा जवाफ दिँदै लेख्नुभयो,
‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौँ ।’
प्रकाशित मिति : २५ असार २०८०, सोमबार ७ : ५२ बजे
प्रतिक्रिया