भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य उकालो लागेको छ। 

आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

गत शुक्रवार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

आइतबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। 

गत शुक्रवार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ११ : १० बजे