भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

भगवती हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ  । भगवती हाइड्रोपावरले आजदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुला गरेको छ । 

कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १०५ अर्थात् ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको आइपिओ निष्कासन गरेको हो ।

यस कम्पनीले १ सय अङ्कित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयलाई जारी गरेको हो । 

यसमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । 

यता, सर्वसाधारणमा निष्कासन हुने ८ लाख ५८ हजार ९८ कित्ता सेयरमध्ये १०५ अर्थात् ८५ हजार ८१० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

स्थानीयले यस कम्पनीको आईपीओमा जेठ ७ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा जेठ २२ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । 

क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैङ्क, कामना सेवा विकास बैङ्क र कुमारी बैङ्कका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ११ : ०३ बजे