भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

आफैं बेहोर्ने भनेको राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराउनुभएको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

 असार १२ मा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च व्यहोर्ने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेल उपचारका लागि भारत जाँदा लागेको हवाई भाडा, अस्पतालको खर्च, सुरक्षाकर्मीको भ्रमण भत्तासहित ५५ लाख २ हजार २ सय ८९ रुपैयाँ सरकारले व्यहोर्ने भएको हो ।

भारतमा गरिएको उपचार खर्च आफैं बेहोर्ने इच्छा व्यक्त गरेको भन्दै राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको भए पनि परराष्ट्र मन्त्रालयले खर्च निकासाको स्वीकृत अर्थ मन्त्रालयले दिइसकेको जनाएको छ ।

यसअघि पौडेलको उपचार खर्च सरकारले व्यहोर्न नहुने भन्दै चौतर्फी आलोचना भएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : ४४ बजे