भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सेयर बजार २१.३२ अंकले घट्याे

काठमाडौँ । सेयर बजार २१.३२ अंकले घटेकाे छ । साेमबार नेप्से सूचक  २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा अडिएको छ । ४ अर्ब भन्दा बढीको सेयर कारोबार हुँदा ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सूचकसहित कारोबार रकम पनि केही प्रभावित भएको देखिन्छ ।

सोमबार बजार निकै अस्थिर पनि देखियो । छिनछिनमै सूचक हरियो र रातो बनिरहने प्रवृत्ति हावी भयो । यसले बजार केही अस्थिर रहेको र यसले निश्चित गति समाउन नसकेको देखाउँछ ।

यस दिन २७६ कम्पनीको ९४ लाख १८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड ९४ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र नागरिक लगानी कोष परेका छन् । 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ३ : ५९ बजे