भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

घट्यो सुनको मूल्य , चाँदीको स्थिर

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजारमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज १ हजार ३७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर हो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ११ : १३ बजे