झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

एनआरएनएमा  ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र बहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ ।

अमेरिका भ्रमणमा रहनुभएका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा सङ्घलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ ।

१० औँ महाधिवेशनका बेला विवाद भएपछि घलेले कोरियाका विनोद कुँवरको नेतृत्वमा छुट्टै  ‘एनआरएनए’ को घोषणा गर्नुभएको थियो । त्यसयता उहाँको संस्थापन पक्षसँग सम्बन्ध ‘चिसिए’को थियो । घलेले केही दिनअघि मात्र क्यानडामा आफ्नो पक्षको सम्मेलन गर्नुभएको थियो । टोरोन्टोमा दुई दिने सम्मेलन सकाएर उहाँ अमेरिकी भ्रमणमा निस्कनुभएको हो ।

भेटमा महासचिव जोशीले विगतका तिता–मीठा कुरालाई बिर्सिएर अब एकताको विकल्प नरहेको बताउँदै यसका लागि सकारात्मक भूमिका निर्वाह गर्न घलेलाई आग्रह गर्नुभएको थियो। जवाफमा घलेले आफू एकता विरोधी नभएको बताउँदै सङ्घलाई एक ढिक्का बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।घलेले आगामी महाधिवेशनको विषयमा पनि महासचिव जोशीसँग चासो राख्नुभएको थियो। घलेले सबै पञ्जीकृत सदस्यलाई मतदानको अधिकार दिनुपर्ने अडान राख्नुभएको थियो । सम्मेलन प्रत्यक्ष र अनलाइन दुवै माध्यमबाट हुनुभएपछि सबै सदस्यलाई भोट हाल्ने व्यवस्था मिलाउन उहाँले जोड दिनुभएको थियो। 

घलेले विगतको अधिवेशनको कुरा उठाउँदै त्यस बेला आफूले पाएको जिम्मेवारी पूरा मात्र गरेको बताउँदै सङ्घ फुटाउन आफूमाथि लागेको आरोपको बचाउ गर्नुभएको थियो । उहाँले विधान विपरीत जाने छुट कसैलाई नभएको बताउनुभयो 

आगामी महाधिवेशन एकताको महाधिवेशन गर्नुपर्ने जोशीको आग्रहमा घलेले आफूले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १० : ५८ बजे