झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

विपद् उद्धारका लागि गोताखोर तयार

काठमाडौँ । सरकारको उद्देश्यअनुरूप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर तयार पारेका छन् । 

यस पटक १९ सशस्त्र प्रहरी कर्मचारी र एक नेपाल प्रहरी गरी २० गोताखोर तयार गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता राजेन्द्र खड्काका अनुसार पाँच हप्ताको उक्त तालिम त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोसी नदीमा दिइएको थियो । 

यस वर्ष गण्डकी प्रदेश सरकारको सहयोगमा गत वैशाख १० गतेदेखि सशस्त्र प्रहरीले २० प्रहरी कर्मचारीलाई पाँच हप्ते गोताखोर तालिम दिएको हो । योसँगै सशस्त्र प्रहरी बल नेपालमा हाल ७४ गोताखोर तालिमप्राप्त जनशक्ति तयार भएको खड्काले बताउनुभयो । 

सशस्त्र प्रहरी बल नेपालले गोताखोर परिचालन गरी हालसम्म दुई सय ७३ घटनामा आठ सय दुई जनाको जीवितै उद्धार तथा तीन सय १७ शव निकालेको उहाँले जानकारी दिनुभयो । 

यसअघि सशस्त्र प्रहरी बलले २५ सशस्त्र प्रहरी कर्मचारीलाई युएनडिपीको सहयोगमा बङ्गलादेशमा २०६९ वैशाखमा तीन महिने गोताखोर तालिम दिलाएको थियो । 

गोताखोर तालिमप्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरूप सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनी मुख्यालयमा सुनसरीमा २०७६ असोज ९ गतेदेखि कात्तिक २५ गतेसम्म १९ सशस्त्र प्रहरी कर्मचारीलाई नेपालमै पहिलो पटक गोताखोर तालिम प्रदान गरिएको थियो । 

यस्तै सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयमा २०७९ वैशाख २५ देखि जेठ २९ गतेसम्म उनीहरूलाई गोताखोर तालिम प्रदान गरिएको थियो । 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १० : ४३ बजे