झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

सहसचिव शर्मासहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ – विशेष अदातलले सहसचिव चुडामणि शर्मासहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।  

कर फर्स्योट आयोगका सहसचिव शर्मा, तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई अख्तियारले  दोषी ठहर गरेको छ । गैरकानुनी सम्पत्तिमा सफाइ पाएपनि राजश्व चुहावटमा भने उनीहरु दोषी ठहर भएका छन् । राजश्व चुहावट मुद्दामा सजाय तोक्नका लागि जेठ २५ मा पेसी तोकिएको छ ।

२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले गठन गरेको कर फर्छ्योट आयोगले बक्यौता (नउठेको कर) का रूपमा रहेको ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो  । नक्कली भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरूलाई कर छुट नदिने भनिए पनि उनीहरूले छुट पाएका थिए । उनीहरुले क्षेत्राधिकार बाहिर गई बदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्योट गरी सम्झौता गर्दा राज्यकोषमा नोक्सानी गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : २६ बजे