झ्याप्लेखोलाबाट २५ शव निकालियो

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । 

ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । 

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३–००१ख १८६३ नंको ट्रकले साइकल यात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो । 

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ८ : ४२ बजे