झ्याप्लेखोलाबाट २५ शव निकालियो

गुणस्तर तथा नापतौलका पूर्वअधिकृत विरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – गुणस्तर तथा नापतौल कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत पर्सामा  तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत शशिभूषण कुमार यादवविरुद्ध साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

पूर्वअधिकृत यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा कैदसजाय मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

अदालतमा दायर गरेको आरोपपत्रमा सार्वजनिक पदमा रहँदा यादवले अख्तियार दुरुपयोग गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको  उल्लेख छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ३ : १३ बजे