झ्याप्लेखोलाबाट २५ शव निकालियो

रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका दोषी  रेशम चौधरीलाई गणतन्त्र दिवसको उपलक्क्षमा आममाफि दिने सरकारी तयारी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको  छ ।

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत)ले सर्वोच्च अदालतमा रिट दिएकी हुन् । बोहराले रिट सर्वोच्च अदालतमा पेस गरेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको जनाइएको छ । बोहराले यसअघि राष्ट्रपति कार्यालयलाई पनि चौधरीलाई आम माफी नदिन भन्दै निवेदन दिएकी थिइन् ।

चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने गरी आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ५ : १६ बजे