झ्याप्लेखोलाबाट २५ शव निकालियो

मकवानपुरमा मिटरब्याजी विरुद्ध ६० वटा उजुरी

बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा मिटरब्याजविरुद्ध ६० वटा उजुरी परेको छ । 

नेपाल सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटर ब्याज पीडितले उक्त सङ्ख्यामा उजुरी दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मकवानपुर जिल्लाअन्तर्गत हेटौँडा उपमहानगरपालिका पीडितबाट २६, मकवानपुरगढी गाउँपालिकाका पीडितबाट छ, भीमफेदीका पीडितबाट १२, कैलाश गाउँपालिकाका पीडितबाट तीन, इन्द्रसरोवर गाउँपालिकाका पीडितबाट तीन एवं मकवानपुर जिल्लासँग सम्बन्धित रहेको मुद्दा काठमाडौँका दुई र ललितपुरका एक जनाको उजुरी रहेको छ ।

मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको उहाँले जानकारी दिनुभयो । 

उजुरी दर्ता गर्ने समय जेठ १४ गते आइतबार (आज)सम्म रहेको र दर्ता अवधि सकेपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गरिने सो कार्यालयको मुद्दा दर्ता शाखाले जनाएको छ । 

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ७ : ४१ बजे