दाङ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा जिप दुर्घटना भएको छ ।
आज बिहान भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो ।
सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।
दुर्घटनामा परेर अन्य आठ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारको पठाइएको छ ।
दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।
प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार १० : १५ बजे
प्रतिक्रिया