झ्याप्लेखोलाबाट २५ शव निकालियो

उपत्यका स्तरीय उपप्रमुखहरूको तेश्रो बैठक सम्पन्न, कुरिलो र सयपत्री फूलले स्वागत

​​​​​​​भक्तपुर । काठमाडौं उपत्यका स्तरिय उपप्रमुख सञ्जालको तेस्रो बैठक सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिकाले आयोजना गरेको उपप्रमुख सञ्जालको तेस्रो बैठक नगरपालिकाकी उप-प्रमुख सरिता तिम्सिना भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।   घ्याम्पे डाँडामा बसेको उक्त बैठकमा उपप्रमुख भट्टराईले सहभागी हुने अतिथिहरूलाई स्थानीयले उत्पादन गरेको सयपत्री फूलको माला र कुरिलोले स्वागत गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै उपप्रमुख भट्टराईले भन्नुभयो, " नगरपालिका भित्र उत्पादन भएका स्थानीय उत्पादनको प्रचारप्रसार र प्रोत्साहनका लागि अतिथिहरूलाई स्थानीयले उत्पादन गरेको सयपत्री फूलको माला र कुरिलोले स्वागत गरे । किसानलाई प्रोत्साहन गर्न र उत्पादित सामाग्री खेर नजाओस् भन्नका लागि यस्तो अभ्यास गर्दै आएको छु।"

कार्यक्रमका विशेष अतिथि सुर्यविनायक नगरपालिकाका प्रमुख एवं मेयर्स फोरमका उपाध्यक्ष वासुदेव थापाले नगरपालिकाका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष बराबर शक्ति भएको बताउनुभयो । उहाँले निर्वाचित भएका मेयर तथा उपमेयर जनताबाट बराबर मत लिएर आएको बताउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका उप-सचिव धनी राम शर्माले देशमा अहिले सबै किसिमको कर घटेको कारणले बजेट कार्यान्वयन गर्न गाह्रो भएको बताउनुभयो ।  उप-सचिव शर्माले स्थानीय सरकारहरूलाई सुरु नगरेको काम पछि धकेल्न र हुँदै गरेका काम सम्पन्न गर्न सुझाव दिनु भएको थियो ।  नयाँ काममा अहिले हात हाल्दा अप्ठ्यारो पर्ने समेत बताउनुभयो ।  उहाँले नेपालको अर्थतन्त्रमा ५३ वर्ष पछि यस हिसाबले राजश्व घटेको बताउँदै  स्थानीय सरकारले  घर बहाल कर र सम्पत्ति कर उठाउन सुझाव दिनुभएको थियो । 

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उप-प्रमुख सुनिता डङ्गोल, ललितपुर महानगरपालिकाकी उप-प्रमुख मन्जली शाक्य, बुढानीलकण्ठ नगरपालिकाकी उप-प्रमुख अनिता लामा , दक्षिणकाली नगरपालिकाकी उप-प्रमुख बसन्ती तामाङ डङ्गोल, नागार्जुन नगरपालिकाकी उप-प्रमुख सुशीला अधिकारी, कीर्तिपुर नगरपालिकाकी उप-प्रमुख शुभ लक्ष्मी शाक्य, मुरारी तामाङ, उप-प्रमुख, टोखा नगरपालिका, शान्ता थापा, उप-प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका, समिता श्रेष्ठ, उप-प्रमुख, शंखरापुर नगरपालिका, बसन्ती श्रेष्ठ, उप-प्रमुख, चन्द्रागिरि नगरपालिका, सृजना बुर्लाकोटी, उप-प्रमुख, तारकेश्वर नगरपालिका, सान्नानी लामा, उप-प्रमुख, गोकर्णेश्वर नगरपालिका, लक्ष्मी महर्जन, उप-प्रमुख, महालक्ष्मी नगरपालिका, मुना अधिकारी, उप-प्रमुख, गोदावरी नगरपालिका, विजयकृष्ण श्रेष्ठ, उप-प्रमुख, मध्यपुर थिमी नगरपालिका र  राजन प्रसाद घिमिरे, उपाध्यक्ष, कोन्ज्योसोम गाउँपालिकालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ५ : २४ बजे