झ्याप्लेखोलाबाट २५ शव निकालियो

महाराजगञ्ज नर्सिङ क्याम्पस प्रमुखविरुद्ध अनेरास्ववियुद्वारा अख्तियारमा उजुरी

काठमाडौँ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले महाराजगञ्ज नर्सिङ क्याम्पस प्रमुख  मुना रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । 

अनेरास्ववियुले क्याम्पसको स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरेको दाबीसहित रानाविरुद्ध अख्तियारमा मुद्दा दायर गरेको हो । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले दिएको उजुरीमा हिमालयन बैंकमा रहेको क्याम्पस प्रकाशन समितिको खाताबाट क्याम्पस प्रमुख रानाले सोही बैंकको आफ्नो व्यक्तिगत खातामा ११ लाख ७४ हजार ट्रान्सफर गरेको उल्लेख गर्नुभएको छ ।  

अनेरास्ववियुले क्याम्पस प्रमुख रानाले गैरकानूनी लाभ लिएको र सार्वजनिक संस्थालाई हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोप लगाएको छ । 

यस विषयमा छानबिन गर्न चिकित्सा शास्त्र अध्ययन संस्थान, डिनको कार्यालयमा उजुरी गर्दा उदासीनता देखाएकाले यस प्रकरणमा संलग्न पदाधिकारीलाई छानबिन गरी कारबाही गर्न अनेरास्ववियुले अख्तियारसँग माग गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १२ : १० बजे