झ्याप्लेखोलाबाट २५ शव निकालियो

सदस्य सचिव वाग्लेलाई हटाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

विराटनगर  । कोसी प्रदेश अन्तर्गतका खेलकुद विकास बोर्डकाका सदस्य सचिव हंशराज वाग्लेलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

कोसी प्रदेश सरकारलाई उच्च अदालतले वाग्लेलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उहाँको पद थमौती भएको छ ।

कोसी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गर्नुभएको थियो । 

उच्च अदालतका न्यायाधीश कमलकृष्ण अधिकारीको एकल इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोसी प्रदेशको नाम उल्लेख किन नगरेको ? भन्दै सामाजिक विकास मन्त्रालयले पहिलो पटक वैशाख १७ गते  र दोस्रो पटक वैशाख २७ गते गरी दुई दुई पटक स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै गत बुधवार उहाँलाई बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

तर, उच्च अदालतको अन्तरिम आदेशले उहाँको पद भने तत्कालका लागि रोकिन पुगेको छ । 

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : २२ बजे